मोदीले भुटान पुगेर भने – दिल्ली बम विस्फोट गराउनेलाई कडा सजाय दिइन्छ
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भुटान भ्रमणमा निस्केका छन् ।
उनी भुटान पुगिसकेका छन् । त्यहाँ विश्व शान्ति प्रार्थना सम्मेलनमा उनले दिल्ली घटनाका दोषीलाई कडा सजाय दिने धारणा राखे ।
हिजो सोमवार दिल्लीमा भएको बम विस्फोटपछि आफू रातभर नसुतेको र त्यसको गहिरो अनुसन्धान भइरहेको बताउँदै प्रधानमन्त्री मोदीले दोषीलाई खोजेर कडा सजाय दिने बताएको एएनआइले जनाएको छ ।
आफ्नो ११ वर्षको कार्यकालमा प्रधानमन्त्री मोदी चार पटक भुटान पुगिसकेका छन् । यसले पुष्टि हुन्छ, भारतले भुटानलाई कति महत्त्व दिएको छ ।
हिमाली क्षेत्र बढी भएको भुटान भौगोलिक रूपमा भारतका लागि निकै महत्त्वपूर्ण क्षेत्र हो । पछिल्लो समय त्यहाँ चीनको प्रभाव बढ्दै गएपछि भारतले त्यहाँ आफ्नो सक्रियता देखाउन थालेको छ ।
चीन र भारतको बिचमा रहेको भुटानले दुवै देशका लागि बफरजोनको काम गरिरहेको छ । भारतले सुरक्षाको दृष्टिकोणले पनि भुटानलाई निकै महत्त्व दिएको छ । सन् २०१७ मा चीनले भुटानको दोक्लाममा सडक बनाउने प्रयास गरेको थियो । जसमा भारतले हस्तक्षेप गरेको थियो ।
त्यसले दुवै देशबिचको विवाद लामै समय चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण