दिल्ली विस्फोट : चीन, इजरायल र तालिबानद्वारा दुःख व्यक्त
सारांश
- दिल्लीको लाल किल्ला नजिकै भएको बम विस्फोटमा चीन सरकारले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ।
- इजरायल र अफगानिस्तानको तालिबान सरकारले पनि विस्फोटको निन्दा गर्दै भारतप्रति समवेदना व्यक्त गरेका छन्।
- विस्फोटमा १२ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।
काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै सोमबार साँझ भएको बम विस्फोटको घटनामा चीन सरकारले दुःख व्यक्त गर्दै पीडितहरूप्रति समवेदना प्रकट गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा भने, ‘दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक भएको घातक विस्फोटबाट प्रभावित सबै मानिसहरूप्रति हाम्रो समवेदना छ ।’ उनले प्रियजन गुमाउनेहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
यसैगरी इजरायलका विदेश मन्त्री गिदोन सारले सामाजिक सञ्जाल एक्समार्फत भारतसँग ऐक्यबद्धता जनाएका छन् । उनले लेखेका छन्, ‘म भारतका जनता र विशेष गरी दिल्लीको केन्द्रमा भएको विस्फोटमा मारिएका निर्दोष पीडितहरूको परिवारप्रति आफ्नो र इजरायलको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।' उनले इजरायल आतंकवादविरुद्धको भारतको लडाइँमा साथमा रहेको पनि बताएका छन् ।
अफगानिस्तानको तालिबान सरकारले पनि दिल्ली विस्फोटको निन्दा गरेको छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको विदेश मन्त्रालयले भारतको नयाँ दिल्लीमा लाल किल्ला क्षेत्रमा भएको विस्फोटको निन्दा गर्दछ, जसमा धेरै नागरिकको ज्यान गयो र अन्य धेरै घाइते भए ।‘ विज्ञप्तिमा शोक सन्तप्त परिवार र भारत सरकारप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सोमबार साँझ ६ः५२ बजे लाल किल्ला मेट्रो स्टेसनको पार्किङस्थल नजिकै विस्फोट भएको थियो । अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । मृतकमध्ये दुई महिला पनि छन् । अहिलेसम्म दुई जनाको शव पहिचान भइसकेको छ । बाँकी शवको डीएनए परीक्षणमार्फत पहिचान गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण