मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान

मङ्गलबार, २५ कात्तिक २०८२, २२ : २४
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद ऊर्जा मन्त्रीको उपस्थितिमा समाधान भयो।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री, सचिव र सरोकारवालाहरूको छलफलपछि समझदारी पत्रमा हस्ताक्षर भयो।
  • विवाद समाधानका लागि मंगलबार राति १० बजेसम्म छलफल भएको थियो।

काठमाडौँ । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ ।

मंगलबार राति १० बजे सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप