'आ बाट आमा'को दुई पोस्टर सार्वजनिक
सारांश
- फिल्म 'आ बाट आमा' माघ १६ गते रिलिज हुने भएको छ, जसले आमाबुबा र छोराछोरीको सम्बन्धको कथा भन्नेछ।
- फिल्ममा बिपना थापा, प्रदीप रावत, पल शाह, र साइग्रेस पोखरेल मुख्य भूमिकामा छन्, र यसको निर्देशन चन्द्र पन्तले गरेका हुन्।
- यो फिल्म आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो र यसको विदेश प्रदर्शन अधिकार पनि बिक्री भइसकेको छ।
काठमाडौँ । आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै 'आ बाट आमा' टिमले २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने दुई वटा पोस्टर सार्वजनिक गरेको हो।
‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि चलचित्रले आमा बुबा र छोराछोरीबिचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। एउटा पोस्टरमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिमरन पन्त खुसी देखिएका छन्। सोही ठाउँमा साइग्रेस पोखरेल पनि खुसी मुन्द्रामा देखिन्छन्।
अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान् श्रीमतीको भूमिकामा रहेको बिपना र प्रदीप अँगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भूमिकामा रहेका पल शाहको रगताम्य छन्।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबिचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्तको प्रस्तुति रहेको छ।
फिल्ममा बिपना थापा,प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी ,दिलीप उखेडा, रचना गौतमलगायत रहेका छन्। फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोसिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्।
यो फिल्मको विदेश प्रदर्शन अधिकार केहि देशमा बिक्री समेत भइसकेको छ। एक दुई साताअघि नै यो फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रालिले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।
आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण