कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्का नियुक्त
सारांश
- कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन्।
- सङ्घीय संसद् सचिवालयबाट अवकाश लिएका खड्कालाई सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गरे।
- खड्का यसअघि संघीय संसदमा सचिवको रूपमा कार्यरत थिए, र लामो अनुभव छ।
विराटनगर । कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । उनको शपथ ग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । सङ्घीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् ।
सचिवमा नियुक्त भएका खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन् । ५६ वर्षीय उनी २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म सङ्घीय संसद् सचिवालयमा सचिवका रूपमा कार्यरत थिए ।
सङ्घीय संसद्को महासचिवमा भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको पदमा उनी बढुवा भएका थिए । नवनियुक्त सचिव खड्कासँग सङ्घीय संसदमा लामो समय काम गरेको अनुभव छ ।
उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा सङ्घीय संसद् सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए ।
खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (एक वर्षे बीएड) गरेका छन् । खड्काले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन् ।
प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर भएर स्वतः पदमुक्त भए पनि सचिव नियुक्त हुन सकेको थिए । पराजुलीलाई केहि समय अगाडि प्रदेशसभाले बिदाइ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण