१२ उपसचिवको सरुवा गर्दा ४ जना जगेडामा
सारांश
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिवको सरुवा गर्यो, जसमध्ये ४ जनालाई जगेडामा राखिएको छ।
- राजश्व अनुसन्धान कार्यालय बुटवलका विवेक घिमिरे लगायतका उपसचिवहरूलाई मन्त्रालयमा तानियो र जगेडामा राखियो।
- मन्त्रालयले १२ उपसचिवसँगै ३१ शाखा अधिकृतको पनि सरुवा गरेको छ, जसमा कटहरी गाउँपालिकाका तेजिन्द्र गौतम पनि जगेडामा परेका छन्।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिवको सरुवा गर्दा ४ जनालाई जगेडामा राखेको छ । सचिव रविलाल पन्थस्तरीय निर्णयबाट मङ्गलवार १२ उपसचिव सरुवा गर्दा ४ जनालाई मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा राखिएको हो ।
राजश्व अनुसन्धान कार्यालय बुटवलमा कार्यरत विवेक घिमिरे, दुधौली नगरपालिका सिन्धुलीमा कार्यरत दिनेशराज पन्त, जिल्ला समन्वय समिति पाल्पामा कार्यरत मुकुन्द शर्मा र बोधीमाई नगरपालिका रौतहटमा कार्यरत डिल्लीराज श्रेष्ठलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालय निकट स्रोतका अनुसार उनीहरूको काम गर्ने सिलसिलामा खोट देखिएकाले तत्कालका लागि अतिरिक्त समूहमा राखिएको हो ।
मन्त्रालयले मङ्गलवार नै १२ उपसचिवसँगै ३१ शाखा अधिकृतको पनि सरुवा गरेको छ । सरुवा भएका ३१ शाखा अधिकृतमध्ये कटहरी गाउँपालिका मोरङका तेजिन्द्र गौतम पनि मन्त्रालयको जगेडामा तानिएका सूचनामा उल्लेख छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण