वृद्धाको हत्या गरी गरगहना लुटपाट गर्ने महिला पक्राउ
सारांश
- धनुषाको हंसपुरमा एक वृद्ध महिलाको हत्या गरी गरगहना लुटपाट गर्ने महिला पक्राउ परेकी छिन्।
- प्रहरीले मृतकको घरबाट ५०० मिटर टाढा मृत फेला पारेको थियो, जसको अनुसन्धानपछि महिलालाई पक्राउ गरेको हो।
- पक्राउ परेकी महिलाको साथबाट सुन तथा चाँदीका गरगहना र हत्यामा प्रयोग भएको हतियार बरामद गरिएको छ।
धनुषा । धनुषा जिल्लाको हंसपुर नगरपालिका-७, नुवाखोर टोलमा एक वृद्ध महिलाको हत्या गरी सुन तथा चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे हंसपुर-७, नुवाखोर टोल बस्ने विन्देश्वर दास तत्माकी श्रीमती अन्दाजी ६२ वर्षीया चन्द्रकला देवी दास आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँर र ईलाका प्रहरी कार्यालय सुगानिकास समेतको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।
अनुसन्धानका क्रममा सोही टोल बस्ने ४५ वर्षीया पवित्री देवी मण्डलले कर्तव्य गरी मृतकको गरगहना लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकी मण्डलको साथबाट मृतकको लुटिएका गरगहनाहरू २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा बरामद गरिएको छ। साथै, मृतकलाई मार्न प्रयोग गरिएको हतियार समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकी मण्डलमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण