नोबेलको घोषणा : वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान, देश–विदेशका स्वास्थ्य अनुसन्धानकर्ताले अनुदान लिन सक्ने
विराटनगर । देशकै ठुलो शिक्षण अस्पतालहरू मध्ये एक विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ ।
विशेषतः अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनुसन्धान इकाईको स्थापना र अनुदानको प्रबन्ध गरेको नोबेलले जनाएको हो ।
कात्तिक २६ गते नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल कुमार शर्मा र उनकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रूपमा अनुसन्धान इकाईको उद्घाटन गरेका थिए ।
नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, नोबेलका पदाधिकारीहरू, विभिन्न विभागका फ्याकल्टी सदस्यहरू, अनुसन्धान इकाईका पदाधिकारीहरू र कर्मचारीहरूको उपस्थितिमा भएको कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाइ प्राप्त गरिसकेको र त्यससँगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औँल्याउँदै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठुलो योगदान गर्ने र यस कार्यको लागि उनले डा. सुनिल कुमार शर्मा तथा शर्मा परिवारको अभिभावकत्व प्रति आभार व्यक्त गरेका थिए ।
यसै क्रममा नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरन्जन कुमारले खुसी व्यक्त गर्दै विश्वमा स्वास्थ्य एवं चिकित्साको क्षेत्रमा सबै भन्दा बढी अनुसन्धान हुने गरेको र यहाँ पनि अनुसन्धानको कार्यलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढ्न आवश्यक रहेको औँल्याए ।
नोबेलका प्रमुख कार्यकारी अधिकारी प्रा. डा. रामहरी घिमिरेले अनुसन्धान तथ्यपरक हुनु पर्ने र हाम्रा अनुसन्धानहरू यथार्थपरक ढङ्गबाट सम्पन्न गरी चिकित्सा स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउन सक्ने हुनु पर्नेमा जोड दिए ।
प्राचार्य प्रा. डा. राजेश नेपालले मन्तव्य राख्ने क्रममा वार्षिक १० लाखको अनुसन्धान अनुदानको समेत घोषणा गरे ।
घोषित पुरस्कार अनुसार नोबेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, चिकित्सा कर्मचारी, विद्यार्थीहरूको अनुसन्धान टोली ३ वटा र नोबेल बाहिरका ३ गरी वार्षिक ६ वटा नेपाल भित्रका र दुई वटा अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिने छ ।
यो अनुदान प्राप्त गर्न नोबेलको अनुसन्धान इकाईको कार्यविधि अनुसारको प्रक्रिया पुरा गरेर आउनु पर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण