प्रदेश प्रमुख खापुङ समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
सारांश
- निर्वाचन आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गलाई आफ्नो १९औँ वार्षिक प्रतिवेदन बुझायो।
- प्रदेश प्रमुख खापुङ्गले आगामी निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोगलाई आग्रह गरे।
- आयोगका अनुसार कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेका छन्।
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष बुधबार निर्वाचन आयोगले आफ्नो १९ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईँले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको काँधमा महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।
उनले सम्पूर्ण नेपाली जनतलाई सार्वभौम सत्ताको मालिक र राजकीय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गरे।
प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रूपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिए । आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईँले गत आर्थिक वर्षमा आयोगमा १२२ वटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण