चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा
सारांश
- जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र यसलाई बढाउन पोषक तत्त्वयुक्त खानेकुरा खानुपर्छ।
- बेसार, अदुवा, बदाम, सख्खर, मह, लसुन र सिट्रस फलफूलको सेवनले जाडोमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
- यी खानेकुराहरूले शरीरलाई विभिन्न संक्रमणबाट बचाउन र स्वास्थ्यलाई राम्रो राख्न मद्दत गर्दछन्।
काठमाडौँ । जाडोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र रोगको प्रकोप बढ्छ । यस मौसममा चिसो, खोकी र ज्वरोबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ ।
खाना र पेय पदार्थमा पाइने पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुभयो भने, रोग प्रतिरोधात्मक क्षमता बलियो हुन सक्छ।
बेसारलाई रोग प्रतिरोधात्मक क्षमताका लागि राम्रो मानिन्छ । बेसारलाई ओस्टियोआर्थराइटिस र रुमेटोइड आरथाइटिस दुवैको उपचारमा इन्फ्लेमेटरीको रूपमा वर्षौँदेखि प्रयोग गरिएको छ। विज्ञका अनुसार अनुसार बेसारमा कर्क्युमिन नामक तत्त्व राम्रो मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। जाडोमा दूधमा बेसार मिसाएर पिउन सकिन्छ ।
अदुवालाई पनि जाडोमा स्वास्थ्यका लागि वरदान मानिन्छ । अदुवाले घाँटी दुखाइ र खोकीबाट राहत प्रदान गर्न मद्दत गर्न सक्छ। यसले वाकवाकीमा पनि मद्दत गर्न सक्छ। अदुवामा क्याप्साइसिन नामक तत्त्व हुन्छ। अदुवाले पुरानो दुखाइलाई पनि कम गर्न सक्छ।
जाडोमा बदामलाई सुपरफुड मानिन्छ । यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । आहारविद्का अनुसार चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन बदामको सेवन गर्न सकिन्छ । यस बाहेक यदि तपाईंले हरेक दिन सख्खर खानुभयो भने तपाईंको शरीरको रोगसँग लड्ने क्षमता बढ्छ र तपाई स्वस्थ रहनुहुनेछ। जाडोमा मह सेवन गर्नु पनि निकै फाइदाजनक मानिन्छ ।
लसुनलाई रुघाखोकीबाट बच्ने औषधि मानिन्छ । लसुनले खानाको स्वाद बढाउँछ र लामो समयदेखि औषधीको रूपमा प्रयोग हुँदै आएको छ। लसुन रोग प्रतिरोधी क्षमता बढाउन निकै प्रभावकारी मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले शरीरलाई विभिन्न सङ्क्रमणबाट बचाउन मद्दत गर्दछ। जाडोमा लसुनको नियमित सेवन गर्न सकिन्छ ।
जाडोमा रोग प्रतिरोधी क्षमता बढाउन सिट्रस फलफूलको सेवन लाभदायक हुन्छ । यो मौसममा सबैले प्रशस्त फलफूल र तरकारी खानुपर्छ । यसमा भिटामिन सी र धेरै एन्टिअक्सिडेन्ट हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। तपाईं सुन्तला, कागती, अङ्गुरको सेवन गर्न सक्नुहुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण