मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘भाग्य बताउने’ आमा-छोरीमाथि ७ करोड अस्ट्रेलियन डलर ठगी गरेको आरोप

बिहीबार, २७ कात्तिक २०८२, ०९ : ४६
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • अस्ट्रेलियामा भाग्य बताउने आमा-छोरीको जोडीले ७ करोड डलर ठगी गरेको आरोप लागेको छ, जसले भियतनामी समुदायलाई लक्षित गरेको थियो।
  • सिड्नीमा पक्राउ परेका आमामाथि आपराधिक गतिविधि र ठगीका ३९ वटा आरोप लागेका छन् भने छोरीमाथि सातवटा आरोप लागेको छ।
  • प्रहरीले वित्तीय कागजात, सुन, र क्यासिनो चिप्स सहित प्रमाणहरू बरामद गरेको छ, र यो सिन्डिकेटले अस्ट्रेलियाली बैंकहरूलाई २५० मिलियन डलर ठगी गरेको बताइएको छ।

सिड्नी । अस्ट्रेलियामा ‘भाग्य बताउने’ आमा-छोरीको जोडीमाथि करिब ७ करोड अस्ट्रेलियन डलर ठगी गरेको आरोप लागेको छ। उनीहरूले अस्ट्रेलियामा रहेका भियतनामीहरूलाई लक्षित गरी ठगी गरेको बताइएको छ।

५३ वर्षीया आमा र २५ वर्षीया छोरीलाई बुधबार सिड्नीको डोभर हाइट्सस्थित उनीहरूको घरबाट पक्राउ गरिएको थियो। प्रहरीले उनीहरूलाई अत्यन्तै परिष्कृत ठगी तथा सम्पत्ति शुद्धीकरण सिन्डिकेटको अभिन्न हिस्सा भएको बताएको छ।

आमाले पीडितहरूलाई भविष्यमा एक अर्बपतिले सहयोग गर्ने भविष्यवाणी गरेर ऋण लिन मनाउने र त्यसको एक हिस्सा आफैँ राख्ने गरेको आरोप छ। उनलाई जमानत दिन अस्वीकार गरिएको छ भने उनी बिहीबार अदालतमा उपस्थित हुनेछिन्। उनकी छोरीलाई भने जमानतमा रिहा गरिएको छ । उनी जनवरीमा अदालतमा उपस्थित हुनेछिन्।

आमामाथि आपराधिक समूहको गतिविधि निर्देशित गरेको र बेइमानीपूर्वक छल गरेर वित्तीय लाभ प्राप्त गरेको लगायत ३९ वटा आरोप लागेका छन्। छोरीमाथि भने अपराधको आम्दानीसँग लापरबाहीपूर्ण व्यवहार गरेको लगायत सातवटा आरोप लगाइएको छ।

पक्राउका क्रममा प्रहरीले वित्तीय कागजात, मोबाइल फोन, महँगा ह्यान्डब्यागहरू, १० हजार अस्ट्रेलियन डलर मूल्यको ४० ग्राम सुनको डन्डी र ६ हजार ६०० अस्ट्रेलियन डलरको क्यासिनो चिप्स बरामद गरेको छ।

प्रहरीका अनुसार आमा समुदायमा प्रभावशाली र विश्वासिलो सदस्य थिइन् । उनले पीडितहरूलाई ऋण लिएमा एक अर्बपतिले छिट्टै सहयोग गर्ने भविष्यवाणी गर्थिन्।

यस सिन्डिकेटबारेको बृहत् अनुसन्धान गत वर्ष सुरु भएको थियो। प्रहरीले यस समूहको गतिविधिमा ठूला परिमाणमा व्यक्तिगत, व्यावसायिक र घर ऋण ठगी'समावेश रहेको दाबी गरेको छ। यो सिन्डिकेटले प्रमुख अस्ट्रेलियाली बैंकहरूलाई करिब २५० मिलियन अमेरिकी ठगी गरेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप