सन्दीप जोरा बने हङकङ सिक्सेसको उत्कृष्ट ब्याटर
बिहीबार, २७ कात्तिक २०८२, १० : ०६
सारांश
- सन्दीप जोरा हङकङ सिक्सेस प्रतियोगितामा उत्कृष्ट ब्याटर घोषित भए, उनले १७६ रन बनाए।
- प्रतियोगितामा नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भयो, तर भारतलाई हराउन सफल भयो।
- मोहम्मद आदिल आलम सर्वाधिक क्याच लिने खेलाडी बने, र रासिद खानले सर्वाधिक विकेट लिए।
काठमाडौँ । नेपाली ब्याटर सन्दीप जोरा हालै सम्पन्न हङकङ सिक्सेस प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले ५ खेलमा सर्वाधिक १७६ रन बनाउन सफल भएका हुन् ।
सन्दीपले ८८ को औसतले रन बनाउँदै एक अर्धशतक पनि बनाएका थिए । उनको स्ट्राइक रेट ३५२ रहेको थियो । उनले यस क्रममा ७ चौका र प्रतियोगिताकै सर्वाधिक २३ छक्का प्रहार गरे ।
पाकिस्तानले जितेको प्रतियोगितामा नेपाल पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । दोस्रो खेलमा टोली दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित हुनपुग्यो ।
तेस्रो खेलमा श्रीलङ्कासँग ३ विकेटले स्तब्ध भएको नेपालले भारतलाई भने कीर्तिमानी ९२ रनले हराउन सफल भएको थियो ।
त्यस्तै, मोहमद आदिल आलम सबैभन्दा धेरै क्याच लिने खेलाडी बनेका छन् । उनले प्रतियोगितामा ७ वटा क्याच लिएका थिए । त्यस्तै नेपालकै रासिद खानले सर्वाधिक ९ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण