लाल किल्ला विस्फोटबारे के भन्छ मुस्लिम वर्ल्ड लिग ?
सारांश
- मुस्लिम वर्ल्ड लिगले नयाँ दिल्लीमा भएको कार बम विस्फोटको निन्दा गरेको छ, जसलाई आतंकवादी हमला भनिएको छ।
- लिगका महासचिवले यस हमलालाई 'घृणित आतङ्कवादी कार्य' भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
- सोमबार दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको कार बम विस्फोटमा ८ जनाको मृत्यु भएको थियो।
नयाँ दिल्ली । हालै भारतको राजधानी नयाँ दिल्लीमा भएको कार बम विस्फोटको मुस्लिम वर्ल्ड लिग (एमडब्ल्यूएल) ले निन्दा गरेको छ । सो आक्रमणलाई लिगले ‘आतङ्कवादी हमला’ भनेको छ ।
लिगका महासचिव र अध्यक्ष शेख डा.मोहम्मद बिन अब्दुलकरिम अल–ईशाले जारी गरेको विज्ञप्तिमा यसलाई ‘घृणित आतङ्कवादी कार्य’ भनिएको छ । ‘मुस्लिम वर्ल्ड लिग र यस मातहत रहेका सबै मुस्लिमहरूले सबै प्रकारका हिंसा र आतङ्कवादलाई अस्वीकार गर्छन् र यसको निन्दा गर्छन्, चाहे तिनीहरूको उद्देश्य वा कारण जेसुकै होस्’ विज्ञप्तिमा भनिएको छ ।
लिगका महासचिवले यस आक्रमणका पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त पनि गरेका छन् । सोमबार दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको कार बम विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो । यस घटनामा अन्य कयौँ घाइते भएका थिए ।
भारत सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै यसलाई ‘घृणित आतङ्कवादी घटना’ भनेको छ । केन्द्रीय मन्त्रिपरिषद्ले यस घटनासँग सम्बन्धित प्रस्ताव पनि पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण