मधेश प्रदेशका नवनियुक्त प्रमुख कर्णद्वारा पदभार ग्रहण
सारांश
- डा. सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गरे।
- प्रदेश प्रमुख कर्णलाई निमित्त प्रमुख सचिवले स्वागत गर्दै प्रदेशको अवस्थाबारे जानकारी गराए।
- नवनियुक्त प्रदेश प्रमुखले सीताको भूमिप्रतिको सम्मान व्यक्त गर्दै पत्रकारमैत्री रहने प्रतिबद्धता जनाए।
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन्। बिहीबार प्रदेश प्रमुख कार्यालयमा पुगेर उनले प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् ।
सो क्रममा प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु काबाडीले उनलाई स्वागत गर्दै प्रदेशको राजनीति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
पदभार ग्रहणपछि संचारकर्मीहरूसँग कुरा गर्दै प्रदेश प्रमुख डा. कर्णले मधेश प्रदेशलाई सीताको जननीको भूमि भन्दै यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचानप्रति सम्मान व्यक्त गरे ।
डा. कर्णले आफू पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा रहन चाहने उल्लेख गर्दै सञ्चारकर्मीहरूको सुझाव र सहयोग आवश्यक हुने बताए । यस्तै उनले संविधानको रक्षा र न्यायपूर्ण रूपमा प्रदेशको सेवा गर्ने समेत बताए । मुख्यमन्त्री नियुक्ति विवादमा अदालतको आदेशअनुसार आफू बढ्ने कर्णको भनाइ थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच कर्णलाई पद तथा गोपनियताको शपथ गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण