कोशीका पूर्वमन्त्री आङ्बो चढ्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु
सारांश
- कोशी प्रदेश माओवादी संसदीय दलका नेताको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ।
- दुर्घटना ग्रामथान-५ कखरमारीमा भएको थियो, जसमा नेता आङ्बो सवार थिएनन्।
- गाडी चालक इन्द्रबहादुर आङ्बोका स्वकीय सचिव थिए र मृतकको पहिचान खुलेको छैन।
विराटनगर । कोशी प्रदेश नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
ग्रामथान–५ कखरमारीमा विराटचोक जाँदै गरेको को ९ प ७५ नम्बरको मोटरसाइकललाई कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कारपियोले ठक्कर दिएको हो । ठक्करबाट अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेता आङ्बो भने उक्त गाडीमा सवार थिएनन् । गाडी गम्भीरमान सार्कीले चलाएका थिए । उनी आङ्बोका स्वकीय सचिव हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
माओवादी कोशी प्रदेश संसदीय दलका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् । दुर्घटना भएका बेला गाडीमा उनी सवार थिएनन् । आङ्बोलाई लिनका लागि सुन्दरहरैंचा जाँदै गरेका बेला गाडीले दुर्घटना गराएको हो ।
आङ्बोले आफू त्यहाँ नभएको बताए । ‘म सुन्दरहरैंचामा थिएँ । मलाई लिन आउँदै गरेको गाडी दुर्घटनामा परेको थाहा पाएको छु । मानिसको मृत्यु भएको पनि सुने । दुःखद भयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण