नगरकोटमा कांग्रेस बागमती प्रदेश संसदीय दलको दुई दिने बैठक, सहभागीहरूलाई न्यानो कपडाको व्यवस्था गर्न आग्रह
बिहीबार, २७ कात्तिक २०८२, २३ : ०४
सारांश
- नेपाली कांग्रेस बागमती प्रदेशले २८ र २९ गते नगरकोटमा दुई दिने बैठक गर्ने भएको छ।
- बैठकमा समसामयिक राजनीतिक अवस्था र निर्वाचनको तयारीबारे छलफल हुनेछ।
- बैठकमा सहभागीका लागि खाना, खाजा, आवास र न्यानो कपडाको व्यवस्था गरिनेछ।
काठमाडौँ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कार्तिक २८ र २९ गते नगरकोटमा प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त दुई दिने बैठक आयोजना गर्ने भएको छ।
समसामयिक राजनीतिक अवस्था तथा प्रतिनिधि सभाको आगामी निर्वाचन तयारीलगायत विषयमा केन्द्रित रहने सो बैठकमा संसदीय दलका सबै सदस्यलाई सहभागी हुन अनुरोध गरिएको छ।
बागमती प्रदेश कांग्रेस संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले जारी गरेको एक पत्रमा सहभागीहरूलाई खाना, खाजा र आवासको व्यवस्था गरिएको बताइएको छ ।
‘होटेल चौतारी’ नगरकोटमा हुने तय गरिएको बैठकमा चिसो मौसमलाई ध्यानमा राख्दै सहभागीहरूलाई न्यानो कपडाको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण