नेपाली नागरिकलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने
सारांश
- हङकङ सरकारले १५ नोभेम्बरदेखि नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा नचाहिने व्यवस्था गरेको छ।
- नेपाली महावाणिज्यदूतावासको कूटनीतिक पहलपछि ट्रान्जिट भिसाको प्रावधान हटाइएको हो।
- यस निर्णयले हङकङ हुँदै यात्रा गर्ने नेपाली यात्रुलाई सहजता र प्रोत्साहन मिल्नेछ।
काठमाडौँ । हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
नेपाली महावाणिज्यदूतावास हङकङले निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको हो ।
नेपाली राहदानी बाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनु पर्ने नियम लागू गरिएको थियो । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारकै व्यस्त विमानस्थलहरूमध्येको एक व्यस्त विमानस्थल भएता पनि ट्रान्जिट भिसाको अनिवार्यताका कारण नेपाली नागरिकले हङकङमा ट्रान्जिट गर्नु पर्दा समस्या भोग्नु परेको थियो।
महावाणिज्यदूतावासले भनेको छ– 'हङ्गकङ्ग सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात् हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको छ । साथै, यो प्रावधानले नेपाली राहदानी बाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको छ । '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण