विदेशी लगानीकर्ताका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना
सारांश
- अर्थ मन्त्रालयले विदेशी लगानी प्रवर्द्धनका लागि नयाँ फोकल युनिट गठन गरेको छ।
- यस युनिटले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्नेछ।
- यसले लगानी प्रक्रियामा देखिएका जटिलता कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । विदेशी लगानी प्रवर्द्धनलाई थप प्रभावकारी र समन्वित बनाउन अर्थ मन्त्रालयले नयाँ फोकल युनिट गठन गरेको छ। मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत गठन गरिएको उक्त युनिटले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी पाउनेछ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने सहजीकरण, परामर्श तथा सरकारी निकायबीचको समन्वयलाई यस युनिटले सहज बनाउनेछ। विशेषगरी बैंकिङ, राजस्व तथा लगानीसँग प्रत्यक्ष जोडिएका प्रक्रियामा देखिने जटिलता कम गर्न यो संरचना उपयोगी हुने अपेक्षा गरिएको छ।
यसैगरी, अन्य मन्त्रालय, विभाग तथा निकायसँग विदेशी लगानीसम्बन्धी नीतिगत र कार्यगत समन्वय पनि यही फोकल युनिटमार्फत हुने मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण