गोसाईंकुण्डमा सेनाले राख्यो ट्युब
शुक्रबार, २८ कात्तिक २०८२, १६ : ४५
सारांश
- रसुवाको गोसाईंकुण्डमा नेपाली सेनाले लाइफबोया ट्युब जडान गरेको छ।
- गोसाईंकुण्डमा डुबेर हुनसक्ने दुर्घटनालाई कम गर्न ट्युब राखिएको हो।
- सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आपतकालीन अवस्थामा ट्युब प्रयोग गर्न सकिनेछ।
काठमाडौँ । रसुवाको गोसाईंकुण्डमा नेपाली सेनाले लाइफबोया ट्युब जडान गरेको छ । गोसाईंकुण्ड गाउँपालिका–५ स्थित धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा डुबेर हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न ट्युब राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको श्रीनाथ गणले राष्ट्रिय निकुञ्जका पदाधिकारी, होटल व्यवसायी र गोसाईंकुण्ड मन्दिरका पुजारीको उपस्थितिमा बिहीबार ट्युब राखेको हो । आपतकालीन अवस्थामा सो ट्युब प्रयोग गर्न सकिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण