उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार
सारांश
- उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाले उद्धार गरेको छ।
- उद्धार गरिएका प्रहरी शे-फोक्सुन्डो गाउँपालिका-१ निजालगुम्बास्थित अस्थायी चौकीमा कार्यरत थिए।
- प्रहरीका अनुसार, उनीहरू ३६ घण्टा हिउँ र चिसोका कारण हिँड्न नसक्ने भएपछि उद्धार गरिएको हो।
सुर्खेत । उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो ।
उद्धार हुनेमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, प्रहरी हवल्दार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन् । उद्धार गरिएका पाँचै जना शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।
नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँचपछि थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण