काठमाडौँमा ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ
सारांश
- काठमाडौंमा 'म्यारिज ब्युरो' सञ्चालन गरेको आरोपमा ४ चिनियाँ नागरिक पक्राउ परेका छन्।
- उनीहरूले आर्थिक अवस्था कमजोर भएका नेपाली युवतीलाई चिनियाँसँग विवाह गराउने गरेको पाइएको छ।
- पक्राउ परेकाहरुले टिकटक मार्फत चिनियाँलाई साथी बनाएर विवाह गराउने गरेको खुलेको छ।
काठमाडौँ । काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँको सोह्रखुट्टे स्थित मिलीजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको हो ।
व्यावसायिक भिसामा बसेर उनीहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा १ जना महिला र ३ जना पुरुष छन् ।
हाउजिङमा बस्ने उनीहरुको व्यावसायिक भिसा भएपनि आफ्नो व्यवसायबारे उनीहरुले बताउन सकेका छैनन् । आरोपीहरूले नेपाली किशोरीहरुलाई टिकटक बनाउन लगाएर त्यसमार्फत अन्य चिनियाँलाई साथी बनाएर विवाह गर्ने काम ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको निर्देशक ढकालले जानकारी दिए । उनीहरुले केही युवतीहरूलाई विवाह गर्ने भनेर चीन पठाएको विभागको अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ परेका दुईजना विगत १० वर्षदेखि पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर नेपाल बस्दै आएको पाइएको छ । गैरकानुनी रुपमा बसेका विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र नेपालबाट निष्कासन गर्ने सक्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण