अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री खनाल
शनिबार, २९ कात्तिक २०८२, १२ : ०७
सारांश
- अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रतालाई कुण्ठित नगरी बाटो देखाउनुपर्ने बताए।
- उनले नेपालमा राजनीतिक अस्थिरता र नीतिगत अस्थिरता पुरानै समस्या भएको बताए।
- अर्थमन्त्री खनालले अहिलेको अर्थतन्त्र निराश हुनुपर्ने अवस्थामा नरहेको बताए।
काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बाटो देखाउनुपर्ने बताएका छन् । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्दै अब विगतमा जस्तो सरकारले दोहोर्याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गरे । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरू हुने गरेको उनले उल्लेख गरे ।
अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताए । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण