२० ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित ९ जना पक्राउ, ४ मोटरसाइकल नियन्त्रणमा
शनिबार, २९ कात्तिक २०८२, १४ : २६
सारांश
- कैलाली प्रहरीले लागुऔषधसहित एक महिलासहित ९ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन र मोटरसाइकल बरामद गरेको छ।
- पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी एकाइहरूले प्रतिबन्धित लागुऔषधसहित जिल्लाका विभिन्न स्थानबाट एक महिलासहित ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट २० ग्राम ६१० मिलिग्राम खैरो हेरोइन र ४ वटा मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेकाहरूको विवरण निम्नानुसार छ:
धनगढी उप-महानगरपालिका-०३, त्रिनगर व्यारेलबाट:
- जिल्ला डडेल्धुरा पर्शुराम न.पा. १० बस्ने वर्ष ३५ का गणेश बहादुर डाँगी। (मोटरसाइकल चालक, म २ प ३१०७ नं.)
- जिल्ला डोटी जोरायल गा.पा. ०२ बस्ने वर्ष २० की डम्मरी भण्डारी।
- जिल्ला डडेल्धुरा आलीताल गा.पा. ०३ बस्ने वर्ष ३० का डम्बर बोहरा। (मोटरसाइकल चालक, से ७ प ५५२४ नं.)
- उनीहरूको साथबाट ९ ग्राम २९० मिलिग्राम खैरो हेरोइन र २ वटा मोटरसाइकल बरामद भएको छ।
भजनी नगरपालिका-०३, कुसमघाटबाट:
- जिल्ला कैलाली लम्की-चुहा न.पा. ०१ थकालीपुर बस्ने वर्ष १९ का रिजन मगर। (मोटरसाइकल चालक, सु.प.प्र.०१-००९ प ३५११ नं.)
- सोही ठाउँ बस्ने वर्ष २२ का आकाश चौधरी।
- उनीहरूको साथबाट चालकले लगाएको हेलमेटमा लुकाइएको ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद भएको छ।
गोदावरी नगरपालिका-०५, गेटाबाट:
- जिल्ला कैलाली गोदावरी न.पा. ०५ गेटा बस्ने वर्ष २० का विजय विष्ट। (मोटरसाइकल चालक, से ६ प ७५९४ नं.)
- जिल्ला कैलाली गोदावरी न.पा. ०१ बिजौरा बस्ने वर्ष २५ का राज चौधरी।
- उनीहरूको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद भएको छ।
लम्की-चुहा नगरपालिका-०६, बागमारबाट:
- जिल्ला कैलाली लम्की-चुहा न.पा. ०६ पिपरकोटी बस्ने वर्ष २९ का कमल जैसी।
- सोही ठाउँ बस्ने वर्ष २६ का लक्ष्मण बोहरा।
- उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ।
प्रहरी नायब उपरीक्षक राज कुमार सिंहका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण