नामिबियाका जेजे स्मिथ लुम्बिनी लायन्समा अनुबन्ध, पाँचौँ विदेशी खेलाडी
सारांश
- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नामिबियाका जेजे स्मिथलाई अनुबन्ध गरेको छ।
- जेजे स्मिथ नामिबियाका लागि टी२० मा सर्वाधिक रन र विकेट लिने खेलाडी मध्येका एक हुन्।
- उनले टी२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् र तीन पटक टी२० विश्वकप खेलेका छन्।
काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले एनपीएलको दोस्रो सिजनका लागि नामिबियाका अलराउन्डर जेजे स्मिथलाई अनुबन्ध गरेको हो । यसअघि चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको लुम्बिनीले जेजे स्मिथलाई पाँचौँ विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो ।
लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्ट, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउन्डर गुल्बादिन नइब र नामिबियाकै बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरिसकेको छ । नामिबियाका लागि टी–२० टिमको कप्तानी गरिसकेका जेजे स्मिथलाई अनुबन्ध गर्दै लुम्बिनीले ब्याटिङ र बलिङ दुवै सन्तुलित बनाएको छ ।
३० वर्षीय जेजे स्मिथ बलिङ अलराउन्डर हुन् । उनले नामिबियाका लागि ४ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरिसकेका छन् । सन् २०२४ मार्चमा नामिबियाले नेपाल भ्रमण गर्दा जेजे स्मिथले नै नामिबियाको टी–२० टिमको कप्तानी गरेका थिए । दायाँ हाते ब्याटर र बायाँ हाते मिडियम पेसर बलर जेजे स्मिथ सन् २०१८ मा नामिबियाका लागि डेब्यु गरेपछि महत्त्वपूर्ण सदस्यका रूपमा छन् । उनले विशेषगरी अट्याकिङ ब्याटिङ र धारिलो पेस बलिङका कारण आफूलाई चाँडै नै स्थापित गरेका थिए ।
डेब्युको ६ वर्षपछि जेजे स्मिथ नामिबियाका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने र विकेट लिनेमा दोस्रो स्थानमा छन् । उनले नामिबियाका लागि ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५६ र टी–२० अन्तर्राष्ट्रियमा ६६ विकेट लिएका छन् ।
उनले सन् २०२२ मा युगान्डा विरुद्ध एकै खेलमा ६ विकेट लिएका थिए जुन उनको व्यक्तिगत उत्कृष्ट बलिङ प्रदर्शन हो । त्यस क्रममा उनले ४ ओभरमा १ मेडन राख्दै १० रन मात्र खर्चेका थिए । सोही क्रममा स्मिथले हृयाट्रिक विकेटसमेत लिएका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा नामिबियाका लागि हृयाट्रिक विकेट लिने पहिलो खेलाडीसमेत हुन् ।
यस्तै टी–२० अन्तर्राष्ट्रियमा ब्याटिङमा पनि उनको प्रदर्शन उत्कृष्ट छ । उनले एक शतक र एक अर्धशतकसहित १ हजार १८८ रन बनाएका छन् । सन् २०२५ सेप्टेम्बरमा आईसीसी टी–२० विश्वकप अफ्रिका रिजन फाइनलमा केन्या विरुद्ध उनले छैटौँ नम्बरमा ब्याटिङ गर्दै टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए । उनले ३८ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै अविजित १११ रन बनाएका थिए । उनले सबैखाले टी–२० मा १०४ खेल खेल्दै ८३ विकेट लिएका छन् भने १ हजार ५०८ रन बनाएका छन् ।
जेजे स्मिथले तीन पटक टी–२० विश्वकप खेलेका छन् । सन् २०२१ र २०२४ को टी–२० विश्वकपमा जेजे स्मिथ टिमको उपकप्तानसमेत थिए । यस्तै उनीसँग नेपालमा आएर खेलेको अनुभव छ । लिग टु क्रिकेटमा उनले कीर्तिपुरमा आएर खेलिसकेका छन् । यस्तै उनले नेपाल भ्रमणका क्रममा नामिबियाका लागि टी–२० अन्तर्राष्ट्रिय खेलसमेत खेलेका छन् ।
लुम्बिनी लायन्स टिमः रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिषेक गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल
विदेशी खेलाडीः डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ
ट्यालेन्ट हन्टः समिर अली
मेन्टरः रोबिन सिंह
मुख्य प्रशिक्षकः टिनु योहान्नान
कन्सलट्यान्ट प्रशिक्षकः शक्ति गौचन
सहायक प्रशिक्षकः सुवास खकुरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026