बालेन, रवि, कुलमानदेखि हर्क र सुमनासम्म एकै ठाउँमा उभिन सुदन गुरुङको आह्वान
सारांश
- सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता औंल्याउँदै चर्चित अनुहारहरूलाई एकजुट हुन आह्वान गरे।
- उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ लगायतका व्यक्तिहरूलाई एकै ठाउँमा आउन आग्रह गरे।
- जेनजी पुस्ता देशव्यापी एकजुट भइसकेको र छिट्टै डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी छ।
काठमाडौँ । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् । उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरेका हुन् ।
उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन उनले सार्वजनिक आह्वान गरेका छन् ।
‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्,’ उनले भनेका छन् ।
जेनजी एकजुट भएको दाबी
गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । अब सबै पुस्ता जोडिनका लागि छिट्टै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
अभियानको दोस्रो चरण अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताएका छन् । गुरुङले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै सोही गोरखा मन्दिरबाट आशीर्वाद लिएर यो अभियान सुरु गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण