फेकन स्पोर्ट्स विक २०२५ सम्पन्न, कुन–कुन टिम भए विजेता ?
सारांश
- फेकन स्पोर्ट्स विक-२०२५ कात्तिक २८/२९ गते सम्पन्न भयो, जसमा फुटसल, चेस, टेबल टेनिस र ब्याडमिन्टन खेलहरू समावेश थिए।
- ब्रदरहुड फुटसल क्लबले धेरै विधामा उत्कृष्ट प्रदर्शन गर्दै वर्चस्व जमायो, रविन केसी र सुधन रायमाझी मेमोरियल अन्तर्गत विजेता बन्यो ।
- विजेताहरूलाई बागमती प्रदेशका रुद्र शर्माले पुरस्कार प्रदान गरे र फेकनले शैक्षिक परामर्श सेवा सम्बन्धी कार्यक्रम गर्ने जनायो।
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) द्वारा आयोजना आयोजित 'फेकन स्पोर्ट्स विक-२०२५' कात्तिक २८/२९ गते सम्पन्न भएको छ।
उक्त कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा) का सहमहासचिव बद्री भट्टराईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। दुई दिनसम्म चलेको प्रतियोगितामा फुटसल, चेस, टेबल टेनिस र महिला ब्याडमिन्टनसहितका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएको फेकनका सचिव राजकुमार ढकालले जानकारी दिए । उनका अनुसार खेलकुदमा विशेषगरी ब्रदरहुड फुटसल क्लबले धेरै विधामा वर्चस्व देखाउँदै उत्कृष्ट प्रदर्शन गरेको छ।
फुटसलतर्फ रविन केसी र सुधन रायमाझी मेमोरियल अन्तर्गत ब्रदरहुड विजेता बनेको छ भने शुभयात्रा क्लब उपविजेता रह्यो। बेष्ट कीपर ब्रदरहुडका अरुण केसी, फेयर प्ले टिम काभ्रे फेकन, म्यान अफ द म्याच रबिन्द्र पन्थी (ब्रदरहुड) र हाई स्कोरर शुबास बस्नेत (शुभयात्रा) घोषित भए।
प्रबल रेग्मी र उपेन्द्र थापा मेमोरियल चेस प्रतियोगितामा ब्रदरहुड क्लबका सम्राट पाण्डे विजेता घोषित भए भने सुजन खड्का उपविजेता बने।
यसैगरी टेबल टेनिसतर्फ सरोज थापा मेमोरियल प्रतियोगितामा शुभयात्राका सन्दिप उप्रेती विजेता र ब्रदरहुडका सत्येन्द्र झा उपविजेता बने।
यसपटकको पहिलो फेकन महिला ब्याडमिन्डनमामा पनि ब्रदरहुडले दबदबा जमायो। जसमा मन्दिरा श्रेष्ठ विजेता र पुनम प्रजापति उपविजेता बनेका हुन् ।
विजेताहरूलाई बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा तथा योजना महाशाखाका महाशाखा प्रमुख रुद्र शर्माले पुरस्कार प्रदान गरेका थिए।
फेकन महासचिव दिपेन्द्र पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए भने अध्यक्ष उमेश कुश्वारको नेतृत्व र इभेन्ट व्यवस्थापन समिति संयोजक निराजन रोक्का तथा टोलीको समन्वयमा सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
समापन सत्रमा प्रमुख अतिथि रुद्र शर्माले फेकनसँग सहकार्य गर्दै चाँडै नै शैक्षिक परामर्श सेवा सम्बन्धी कार्यक्रम आयोजना गर्ने बताए ।
फेकन स्पोर्ट्स विक २०२५ ले खेलकुदमार्फत एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको सन्देश देशभर पुर्याएको आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण