बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घट्यो महँगी, उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत कायम

आइतबार, ३० कात्तिक २०८२, १३ : २०
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा महँगी घटेको छ, असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रह्यो।
  • खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रह्यो भने गैरखाद्य तथा सेवा समूहको ३.८० प्रतिशत रह्यो।
  • घ्यू तथा तेल, गैर-मदिराजन्य पेय पदार्थ र माछा मासुको मूल्य बढेको छ भने तरकारी, मरमसला र दालको मूल्य घटेको छ।

काठमाडौँ । चालु आर्थिक वर्ष वर्ष २०८२/८३ को तीन महिना (प्रथम त्रैमास) मा महँगी घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को  प्रथम त्रैमासको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८२ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति  ४.८२ प्रतिशत रहेको थियो ।  २०८२ असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।  

 यस्तै आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो ।  

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । 

तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ ।  

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको  वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत) विवरण भारांक २०८१ असोज ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप