यी हुन् पित्तथैलीमा पत्थरी बनाउने चार खानेकुरा
सारांश
- पित्तथैलीको पत्थरीबाट बच्न प्रशोधित खाना, उच्च चिनी र रातो मासुको सेवन कम गर्नुपर्छ।
- शल्यक्रिया नै पित्तथैलीको पत्थरीको मुख्य उपचार हो, तर सावधानी अपनाएर यसबाट बच्न सकिन्छ।
- तारेका खानेकुरामा अस्वस्थ बोसो, चिनी र कोलेस्ट्रोल हुने हुँदा यसले पित्तथैलीमा समस्या ल्याउँछ।
काठमाडौँ । पित्तथैली कलेजोको ठ्याक्कै पछाडि रहेको सानो, नासपाती आकारको अंग हो । यसको काम बोसो पचाउन सानो आन्द्रामा पित्त छोड्नु हो । यदि यसले छाडेको पित्त कडा हुन थाल्यो भने यो पत्थरीमा परिणत हुन्छ, जसलाई पित्तथैलीको पत्थरी भनिन्छ ।
धेरैजसो अवस्थामा पित्तथैलीमा पत्थरी भएका बिरामीहरूको लागि शल्यक्रिया एक मात्र विकल्प हो । यसको सबैभन्दा ठुलो कारण यही हो कि लगभग ७० प्रतिशत बिरामीमा पित्तथैलीको पत्थरीको लक्षण प्रारम्भिक चरणमा स्पष्ट देखिँदैन । तपाईं पनि अस्पताल गएर पित्तथैलीको शल्यक्रियामा ५०/६० हजार बर्बाद गर्न चाहनु हुन्न भने अहिलेदेखि नै सावधानी अपनाउन सुरु गर्नुस् । आफ्नो आहारमा यी चार खानेकुराहरूको मात्रा नियन्त्रण गरेर तपाईंले पित्तथैलीमा पत्थरीको सम्भावना घटाउन सक्नुहुन्छ ।
- प्रशोधित खानाहरू
प्रशोधित खानाहरू आजकल सबैको पहिलो रोजाई बनेको छ । धेरैजसो मानिस हरेक दिन केही मात्रामा प्रशोधित खानेकुरा खान्छन् । स्वादबाहिर गएर तपाईंले आफ्नो स्वास्थ्यलाई विचार गर्नुभयो भने यी खानेकुरा विषभन्दा कम छैनन् । यसको थोरै मात्राले पनि मुटु, कलेजो, मिर्गौला र आन्द्रा जस्ता महत्त्वपूर्ण अङ्गलाई हानि पुर्याउन सक्छ । यसमा पित्तथैलीको पत्थरीको जोखिम पनि छ । प्रशोधित खानेकुरामा अस्वस्थ चिल्लो त हुन्छ नै उच्च मात्रामा चिनी पनि हुन्छ, जसले कोलेस्ट्रोलको स्तर बढाउन योगदान पुर्याउँछ ।
- उच्च चिनी भएका खाना
चिनी चिनीको रूपमा मात्रै नभएर प्याकेट वा बोतलमा आउने खाद्य वा पेय वस्तुहरूबाट पनि तपाईंको पेटमा पुगिरहेको छ । त्यसैले तपाईं घर बाहिरको खानेकुरा खाना बढी खाइरहनु भएको छ भने तपाईंमा प्रतिकूल प्रभावहरूको जोखिम द्रुत रूपमा बढ्दै गइरहेको छ । उच्च चिनीले बोसो र कोलेस्ट्रोल बढाउन जानिन्छ, जसले पित्तथैलीको पत्थरी निम्त्याउन सक्छ ।
- रातो मासु
रातो मासुमा उच्च मात्रामा स्याचुरेटेड चिल्लो र कोलेस्ट्रोल हुन्छ । ठुलो मात्रामा यसको सेवन गर्दा पित्तथैलीको पत्थरीको जोखिम बढाउँछ । यसबाहेक, यी खानेकुराहरूले पित्तथैलीको पत्थरीका लक्षणहरूलाई अझ खराब बनाउँछन् ।
- तारेका खानेकुरा
तेलमा तारेको वा भुटेको खानेकुराहरू अस्वस्थ बोसो, उच्च चिनी र उच्च कोलेस्ट्रोल हुन्छ । तपाईंलाई तेलमा फ्राइ गरिएका खानेकुरा मन पर्छ भने आफूलाई नियन्त्रणमा राख्नु आवश्यक छ । यी खानाहरूले मुटु र कलेजोलाई त हानी पुर्याउँछन् नै पित्त रसलाई ढुङ्गामा परिणत गराउने काम पनि गर्छन् ।
अस्वीकरण: यो जानकारी अनलाइन सामाग्रीका आधारमा तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण