प्रहरी जवान मृत्यु प्रकरण : ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
सारांश
- काठमाडौं जिल्ला अदालतले प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाएको छ।
- भदौ २३ र २४ गते महाराजगञ्जमा भएको जेनजी प्रदर्शनमा प्रहरी जवान थापा र असई मिलन रायको ज्यान गएको थियो।
- प्रहरीको अनुसन्धान अनुसार, क्याप्छाकी र थिङले थापालाई कुटेर हत्या गरेका थिए भने पौडेल र विकले असई रायको हत्या गरेका थिए।
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले महाराजगञ्जमा प्रहरी जवान उत्तम थापाका हत्या आरोपी ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आइतबार प्रहरी जवान थापा हत्याका आरोपी गोर्खाका २२ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र पर्सा घर भएका २० वर्षीय युनिक श्रेष्ठ र सिन्धुलीका १९ वर्षीय विनोद कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए ।
प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि पनि पुर्पक्षका लागि कारागार चलान भएका थिए । यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष निकालेको थियो ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा खुलेपछि प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण