नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
काठमाडौँ । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार कार्कीलाई हात्तिबनबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए ।
दरबारमार्ग स्थित नेपाल ट्रस्टको जग्गा जग्गा थामशेर्कु ट्रेकिङ्गलाई लिजमा दिँदा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसअघि पूर्व सह सचिवलाई लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ६६ वर्षीय कार्कीलाई सीआईबीले कार्तिक २१ मा चितवनबाट पक्राउ गरेको थियो ।
करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ताभन्दा थप कित्ता जग्गा थामशेर्कुलाई दिएको भेटिएको छ । दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ नम्बरको जग्गा मात्र दिने सूचना प्रकाशित गरिएको तर, सम्झौतामा अर्को कित्ता ४६०५ समेत थपेर करार सम्झौता गरेको भेटिएको सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए । निर्माण अवधि ३ वर्ष समेत गरेर ३० वर्षको लागी सो जग्गा लिजमा दिएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण