अनेरास्ववियुमा नेतृत्व परिवर्तनको प्रयासप्रति प्रकाश पौडेलको आपत्ति, केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्न माग
आइतबार, ३० कात्तिक २०८२, २२ : ३५
सारांश
- अनेरास्ववियुका विद्यार्थी नेता प्रकाश पौडेलले नेतृत्व परिवर्तनको प्रयासको विरोध गर्दै चेतावनी दिए।
- उनले गुटबन्दीबाट निर्णय लिने प्रयास भए सशक्त प्रतिवाद गर्ने बताए।
- पौडेलले पार्टी शीर्ष नेताहरूलाई संगठनका निर्णय केन्द्रीय समितिबाट मात्रै गर्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र नेतृत्व परिवर्तन गर्ने प्रयास भइरहेको भन्दै विद्यार्थी नेता प्रकाश पौडेलले पार्टी शीर्ष नेताहरूलाई कडा चेतावनी दिएका छन्। उनले संगठनका महत्त्वपूर्ण निर्णयहरू केन्द्रीय समितिको बैठकमार्फत मात्रै गर्नुपर्ने र कुनै गुटबन्दीले समस्या समाधान नहुने स्पष्ट गरेका छन्।
पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै हाल संगठनभित्र भइरहेको नेतृत्व परिवर्तन प्रयासप्रति कडा असन्तुष्टि जनाएका हुन्।
उनले हाल फेरि केही समूहहरूले गुटबन्दीमार्फत अखिलको नेतृत्व बदल्न खोजिरहेको आरोप लगाउँदै यस्तो निर्णय एकतर्फी ढंगले लान खोजिएमा ‘सशक्त प्रतिवाद’ हुने चेतावनी दिएका छन्।
पौडेल गत महाधिवेशनमा डा. सुजन कडरियासँग अध्यक्ष पदमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण