पदमुक्त पाँच सांसद प्रदेश सभामुखको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगे
सारांश
- मधेस प्रदेशका पाँच सांसद पदमुक्त भएपछि सभामुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
- सभामुख रामचन्द्र मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै सांसदहरूलाई पदमुक्त गरेका थिए।
- पदमुक्त हुनेमा जसपा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू रहेका छन्, र रिटमा सोमबार पेसी तोकिएको छ।
काठमाडौँ । मधेस प्रदेशका पदमुक्त भएका पाँच सांसद प्रदेश सभामुखको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगेका छन् । उनीहरूको रिटमा सोमवारका लागि पेसी तोकिएको छ ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभामा लगातार १० वटा बैठकमा हाजिर नभएको भन्दै बर्खास्त गरेपछि सो निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
मधेस प्रदेशका सभामुखले जसपाका ४ र नागरिक उन्मुक्ति पार्टी एक गरी पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादवका साथै सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवारलाई सभामुख मण्डलले गत बिहीबार पदमुक्त गरेका हुन् ।
सभामुखको कार्यालयले उनीहरूलाई पदमुक्त गरिएको सूचना गत बिहीबार प्रकाशित भएको थियो भने राजपत्रमा समेत सूचना प्रकाशित भएको थियो ।
सूचनामा भनिएको छ, ‘संविधानको धारा १८० (घ) अनुसार मधेस प्रदेशसभा बैठकको अभिलेखमा लगातार १० बैठकमा अनुपस्थित रहेका सांसदहरू २७ कात्तिकदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा उनीहरूको पद रिक्त अवस्थामा छ ।
प्रदेशसभा सञ्चालन नियमावली २०७५ अनुसार कुनै सांसद लगातार प्रदेशसभाको १० वटा बैठकमा उपस्थित नभएको अवस्थामा सभामुखले कारबाहीस्वरुप पदमुक्त गर्ने स्पष्ट कानुनी व्यवस्था छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण