कालिमाटी तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड गर्ने थप १ जना पक्राउ
सारांश
- कालिमाटी तरकारी बजार तोडफोडको आरोपमा प्रहरीले विजय लामालाई पक्राउ गरेको छ।
- लामामाथि यसअघि पनि विभिन्न उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोप लागेको छ।
- यसअघि राजेन्द्र श्रेष्ठलाई पनि सोही घटनामा पक्राउ गरिएको थियो, र उनीमाथि अनुसन्धान जारी छ।
काठमाडौँ । कालिमाटीस्थित तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ घर भएका ४१ वर्षीय विजय लामा छन् ।
जेनजी प्रदर्शनको क्रममा उनले तरकारी बजार भित्र रहेको प्रशासनिक भवनमा आगजनी र तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले रातोपाटीलाई बताए ।
लामा यसअघि पनि उच्छृङखल गतिविधिमा संलग्न व्यक्ति हुन् । लामाविरुद्ध यसअघि प्रहरी वृत्त कालिमाटीबाट सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध ५ वटा र सार्वजनिक अपराधसम्बन्धी कसुरमा दुई वटा कसुरमा अनुसन्धान भएको भेटिएको छ । आरोपीमाथि प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
कालिमाटीस्थित तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड गरेको आरोपमा यसअघि प्रहरीले ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठ पनि टंकेश्वरका स्थानीय हुन् । श्रेष्ठविरुद्ध प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण