बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा फैसला सुनाउन थालियो
सारांश
- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा फैसला सुनाउन सुरु भएको छ।
- अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले मानवताका विरुद्धको अपराध मुद्दामा फैसला सुनाउँदै छ।
- हसिनाविरुद्ध अधिकतम मृत्युदण्डको माग गरिएको छ, उनी भारतमा शरण लिएर बसेकी छन्।
ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा फैसला सुनाउन थालिएको छ । ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण’ (आईसीटी)ले उनीविरुद्ध ‘मानवताका विरुद्ध अपराध’ मुद्दामा फैसला सुनाउन थालेको छ ।
इजलासभित्र दर्जनौँ कानुन व्यवसायीका साथै गत वर्ष भएको आन्दोलनमा मारिएकाहरूका परिवार उपस्थित छन् । खचाखच भरिएको इजलासमा न्यायाधीशले केहीवेर अघि फैसला पढ्न सुरु गरेका हुन् ।
साढे चार सय पृष्ठभन्दा लामो फैसला न्यायाधीशले पढेर सुनाउँदै छन् । अभियोजन पक्षले तत्कालीन प्रधानमन्त्री हसिना र असदुज्जमां खान कमालविरुद्ध अधिकतम सजाय अर्थात् मृत्यु दण्डको माग गरेको छ ।
गत वर्ष विद्यार्थीहरूले गरेको विरोध प्रदर्शनलाई दबाउन अत्यधिक बल प्रयोग गरेको र ठुलो नरसंहार गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री हसिना र उनका सहयोगीविरुद्ध मुद्दा चलेको हो । हसिना हाल भारतमा शरण लिएर बस्दै आएकी छन् । उनले आफूमाथि लाग्दै आएको आरोपलाई अस्वीकार गरेकी छन् ।
अदालतले हसिनाविरुद्धको फैसला सुनाइरहँदा उनका समर्थकहरू विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । बंगलादेश सरकारले राजधानी ढाका सहित देशका प्रमुख सहरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण