मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

प्रतिनिधिसभा प्रयोजनका लागि आयोगमा ६ दल दर्ता

सोमबार, ०१ मङ्सिर २०८२, १४ : २९
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ वटा राजनीतिक दल दर्ता भएका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न दलका नेता कार्यकर्ता निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका थिए।
  • राष्ट्रियसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले मात्र दल दर्ता गराएको छ।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो दिन सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा राजनीतिक दलले दल दर्ता गरेका हुन् । दल दर्ताका लागि रास्वपा नेता गणेश पराजुली सहितका नेता कार्यकर्ता आयोग पुगेका थिए । 

त्यस्तै देश विकास पार्टी,प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दल दर्ता गराएका छन् ।  त्यस्तै सोही अवधिमा राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि भने नेपाल मजदुर किसान पार्टीले मात्र दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप