प्रधानमन्त्रीसँग अन्तरक्रियामा नागरिक समाजका को–को छन् सहभागी ?
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाहरूसँग अन्तरक्रिया गरिन्।
- आगामी निर्वाचनबारे छलफल गर्नका लागि प्रधानमन्त्रीले नागरिक अगुवाहरूसँग कुराकानी गरिन्।
- यसअघि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेकी थिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे केहीबेर अघिबाट छलफल थालेकी हुन् ।
अन्तरक्रियामा नागरिक समाजका अगुवाहरू इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल,जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण,गेजा शर्मा, दोभान राई, नयन तारा गुरुङ, निर्गा नविन, खगेन्द्र सङ्ग्रौला, तुलानारायण साह,रेवती कार्की, शिशिर उप्रेती, डा.दीपेश घिमिरे र राजुप्रसाद चापागाईं रहेका छन् ।
यसअघि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जनेजी अगुवालगायतसँग छलफल गरेकी कार्कीले केही राजनीतिक दलले अझै पनि चुनावमा जान अनकनाइरहेको अवस्थामा नागरिक अगुवाहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जनाएका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण