एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरू, साथै धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री प्रक्रियालाई सहज, पारदर्शी र पहुँचयोग्य बनाउन विशेष अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ। बैंकले शुक्रबार जारी गरेको जानकारीअनुसार पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण अब एकै स्थानबाट हेर्न सकिनेछ।
बैंकद्वारा सार्वजनिक गरिएको पोर्टलमा जग्गा तथा घरजग्गा जस्ता सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, तस्बिर, नक्सा, र गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने सुविधा उपलब्ध छ। लिलाम सम्बन्धी प्रकाशित सूचनामा राखिएको क्युआर कोड स्क्यान गरेर पनि सोही पोर्टलमा प्रत्यक्ष पहुँच पाउन सकिने बैंकले जनाएको छ।
ग्राहकले आफूले खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी आवश्यक परेमा नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी पोर्टलमै उपलब्ध म्यासेज बक्समार्फत सिधै सोधपुछ गर्न सकिने व्यवस्था गरिएको छ। बैंकले प्राप्त सोधपुछको यथाशीघ्र जवाफ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको अद्यावधिक सूचना नियमित रूपमा प्रकाशित गरिनेछ। उनका अनुसार, यस पोर्टलले लिलाम प्रक्रियामा पारदर्शिता, पहुँचयोग्यता र ग्राहकमैत्री सेवा प्रवर्द्धन गर्नेछ भन्ने बैंकको विश्वास छ।
बैंकले इच्छुक ग्राहकलाई पोर्टलमार्फत उपलब्ध विवरण अध्ययन गरी लिलाममा राखिएको सम्पत्ति खरिद प्रक्रियामा सरलता र सहजता अनुभव हुने अपेक्षा व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण