दलित सम्बन्धी विधेयक जारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडाैँ । दलित सम्बन्धी विधेयक जारी गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छलफल भएको हो ।
छलफलपछि समितिले संवैधानिक प्रावधानहरूलाई कार्यान्वयन गर्नका लागि उक्त विधेयक जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति कमलादेवी पन्तले दलित समुदायको हक अधिकारको कार्यान्वयन एवं दलित विकासका लागि संविधानको धारा ४० अन्तर्गतको प्रावधानलाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुनी व्यवस्थाका लागि सोसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय संसद्मा पेस गर्न नेपाल सरकारलाई निर्देशन दिइन् । उनले दलित प्राधिकरण बनाउन समेत सरकारलाई निर्देशन दिइन् ।
समिति सभापति पन्तले समितिका निर्णय सुनाउँदै भनिन्,‘दलित समुदायको हक अधिकारको कार्यान्वयन एवं दलित विकासका लागि संविधानको धारा ४० अन्तर्गतको प्रावधानलाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुनी व्यवस्थाका लागि सोसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय संसद्मा पेस गर्न नेपाल सरकारलाई दिने । दलित विकासका लागि चालु आर्थिक वर्षका कार्यक्रम तथा बजेट पुनरावलोकन गरी कार्यान्वयनमा ल्याउन दलित विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिने ।’
प्राधिकरणको व्यवस्थालाई अहिले नै कार्यान्वयनमा ल्याए संवैधानिक व्यवस्था कार्यान्वयनमा सहज हुने सभापति पन्तको भनाइ छ । दलित सम्बन्धी कानुन राष्ट्रिय सभामा पेस गरे कानुन निर्माणले गति लिने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण