सरकारले समयमै निर्वाचन गर्नुको विकल्प देखेको छैन : मन्त्री सिन्हा
सारांश
- मन्त्री अनिलकुमार सिन्हाले फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने बताएका छन्।
- उनले निर्वाचन गराउन सरकारको मुख्य ध्येय रहेको र यसका लागि काम भइरहेको बताए।
- मन्त्री सिन्हाले दलित सम्बन्धी कानुन निर्माणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताएका छन् ।
मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशङ्का भइरहेका बेला उनले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले जेनजी आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउनका लागि निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको स्पष्ट पारे । उनले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको समेत दोहोर्याए ।
मन्त्री सिन्हाले भने,‘जेनजीको एउटा घटनाक्रम आयो । त्यो परिस्थितिले गर्दा ट्रयाकबाट संवैधानिक प्रक्रियाहरू डाइभर्ट भएको अवस्थामा यसलाई कसरी संवैधानिक प्रक्रियामा नै लिएर आउने भन्ने सन्दर्भमा जिम्मेवारी बोकेर हामी आएका छौँ । हामीले अहिलेसम्म देखेको भनेको चुनाव नै देखेका छौ । चुनावको माध्यमबाट पुनः यसलाई ट्रयाकमा पठाएर हामीहरूले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्य रहेको छ । त्यो काम हुँदाहुँदै पहिलादेखि चलिआएका कतिपय विषयहरू छन् । जस गति नलिएको अवस्थाहरू छन् । २०५२/५३ सालदेखिका एउटा दलित सम्बन्धी कानुन अझै निर्माण हुन सकेको छैन । त्यसको निर्माणमा हामीले ध्यान दिन्छौँ ।’
मन्त्री सिन्हाले मुलुकलाई शान्ति र विकासको बाटोमा अघि बढाउन ढिलाइ नगर्न पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने तर्क गरे । त्यस अवसरमा उनले दलित सम्बन्धी कानुन निर्माणमा पनि आफूले उचित ध्यान दिने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण