न्युयोर्कका मेयर ममदानीलाई भेट्न चाहन्छन् ट्रम्प ?
सारांश
- न्युयोर्कका मेयर जोहरान ममदानी र पूर्व राष्ट्रपति ट्रम्पबीच भेटघाट हुने सम्भावना रहेको छ।
- ट्रम्प र ममदानी एकअर्काका कट्टर आलोचक हुन्, तर ट्रम्पले ममदानीलाई भेट्ने संकेत गरेका छन्।
- ममदानीले न्युयोर्कको मेयर चुनाव जितेपछि ट्रम्पले उनलाई सङ्घीय कोष रोक्का गर्ने धम्की दिएका थिए।
वासिङ्टन डीसी । भारतीय मूलका जोहरान ममदानीले हालै न्युयोर्क सहरको मेयरको चुनावमा बहुमतले विजय हासिल गरे । ममदानी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक अर्काका कट्टर आलोचक हुन् ।
तर अहिले आएर ट्रम्प आफैँले ममदानीलाई भेट्ने योजना बनाइरहेका छन् । आइतबार ट्रम्पले ममदानीसँग भेटघाट गर्ने सङ्केत गरेका छन् । ममदानीलाई विपक्षी डेमोक्रेटिक पार्टीको स्टार नेता मानिन्छ । न्यु योर्क सहरको मेयरको चुनावमा जितेपछि ममदानीको लोकप्रियता आकासिएको छ ।
‘म न्यूयोर्कका मेयरलाई भेट्न चाहन्छु । हामी चाँडै नै यसबारे केही गर्नेछौँ । हाम्रो भेटघाटका लागि अहिलेसम्म कुनै मिति तोकिएको छैन । तर न्युयोर्कको सुधार गर्न के गर्न सकिन्छ भनेर हामीसँगै छलफल गर्नेछौँ’ ममदानीसँग सम्भावित भेटघाटको सङ्केत गर्दै ट्रम्पले भने ।
ट्रम्प र ममदानीको सम्बन्ध निकै तनावपूर्ण रहेको छ । ममदानीले ट्रम्पलाई साम्प्रदायिक भएको आरोप लगाएका थिए । ट्रम्पले आफूमाथिको यो आरोप अस्वीकार गरेका थिए । उनले उल्टै ममदानीलाई अमेरिकाबाट निकाल्ने धम्की दिए ।
ममदानी युगान्डामा जन्मेका हुन् । उनले अमेरिकी नागरिकता लिइसकेका छन् । ममदानीले न्युयोर्कमा जिते भने सङ्घीय कोष नै रोक्का गर्ने ट्रम्पले धम्की दिएका थिए ।
ममदानी पेशाले वकिल हुन्, तर उनले अमेरिकी राजनीतिमा शानदार छवि बनाएका छन् । विशेषगरी न्यु योर्क सहरको मेयर चुनावको समयमा, ममदानीको नाम ट्रम्पका कट्टर आलोचकहरूमा समावेश गरिएको थियो ।
उनी ट्रम्पका नीतिहरूको खुलेआम आलोचना गर्छन् । न्युयोर्क सहरको मेयर चुनाव जितेपछि ममदानीले राष्ट्रपतिलाई पनि हराउन सकिन्छ भने न्युयोर्कले सबैलाई देखाइदिएको भनेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण