काभ्रेमा नयाँ मतदातामा उत्साह, ५ हजार थपिए
सारांश
- काभ्रेपलाञ्चोकमा निर्वाचन घोषणा भएपछि पाँच हजार मतदाता थपिएका छन्।
- मतदाता नामावलीमा नाम दर्ता गर्न फोटो खिचाउनेको घुइँचो बढेपछि मङ्सिर ५ गतेसम्म समयावधि थप गरिएको छ।
- जिल्लास्तरीय निर्वाचन समितिले मतदानस्थल र केन्द्रको फेरबदलका लागि सिफारिस गरिसकेको छ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा निर्वाचन घोषणा भएयता पाँच हजार मतदाता थपिएका छन् । सदरमुकाम धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा पछिल्लो हप्ताादेखि मतदाता नामावलीमा नाम दर्ता गर्न फोटो खिचाउने घुइँचो लागिरहेको छ ।
यसअघि तोकिएको कात्तिक ३० गतेसम्मको समयावधिमा भने जिल्लामा करिब पाँच हजार नागरिकले मतदाता सूचीमा नाम समावेश गरेका हुन् । कार्यालयले निर्वाचन घोषणा भएपछि यसअघि तोकिएको समयसम्ममा करिब पाँच हजार मतदाताले फोटो खिचाएको जनाएको छ । मतदाता सूचीमा नाम दर्ता गर्न फोटो खिचाउनेहरुको घुइँचो बढेसँगै निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्मलाई समयावधि थप गरेको छ ।
कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार गत कात्तिक ३० गत एकै दिन २६४ जनाले मतदातामा सूचीकृत लागि फोटो खिचाएका छन् । त्यस्तै शनिबार बिदाको दिनमा समेत कार्यालयले सेवा प्रदान गर्दा १७ जनाले फोटो खिचाएको मानन्धरले बताए ।
पछिल्ला केही दिनदेखि दैनिक बिहान ८ः ०० देखि साँझ ६ः ०० बजेसम्म सेवा प्रदान गरिरहेको कार्यालयले गत शुक्रबार ३७९ को फोटो खिचाएको मानन्धरले जानकारी दिए । पछिल्लो १० दिनको अवधिमा मात्रै दुई हजार ७९८ जनाले फोटो खिचाएको कार्यालयले जनाएको छ ।
असोज १० देखि कात्तिक २० गतेसम्म दुई हजार १०९ जनाले फोटो खिचाएका थिए । यसैबिच जिल्लास्तरीय निर्वाचन समितिले कात्तिक तेस्रो साता नै निर्वाचनको तयारीस्वरुप मतदानस्थल र मतदान केन्द्रको फेरबदलका लागि सिफारिस गरिसेकको छ । गत कात्तिक १७ गतेसम्म काभ्रेपलाञ्चोकमा तीन लाख १३ हजार ३५० मतदाता कायम भएका थिए । गत कात्तिक १७ देखि ३० सम्म भने तीन हजार ५०० मतदाता थपिएका हुन् ।
जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र, चार प्रदेशसभा निर्वाचन क्षेत्र, १३ स्थानीय तहमध्ये छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडामा गत निर्वाचनमा १९० मतदानस्थल र ३८९ मतदान केन्द्र रहेका थिए । जिल्लामा हाल तीन लाख ७५ हजार २२१ जनसङ्ख्या रहेको छ ।
निर्वाचन आयोगको निर्णयानुसार मतदाता नामावलीलगायत मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोकेबमोजिम वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस तथा अन्य कार्य भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले बताए ।
उनका अनुसार कार्यविधिले तोकेको मापदण्डअनुरुप खानीखोला गाउँपालिका–७, भुम्लु गापा–५, चौँरीदेउराली गापा–७, तेमाल गापा–१, बनेपा नपा–१३, धुलिखेल नपाको २ र ५, नमोबुद्ध नपाको २ र ७ तथा पाँचखाल नपाको ५ र ९ का लागि तोकिएका अनुसूची भरी मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिमा पठाउने सर्वसम्मत निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण