दलितमाथि भेदभाव गर्नेहरूलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्छ : वामदेव गौतम
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।
अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पत्ति जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । संवैधानिक रूपमा नै दलित भन्नु अत्याचार, अमानवीय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिने गरी अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘दलित भन्नु यो अत्याचार हो, यो अमानवीयता हो । त्यसलाई हामीले कानुनी मान्यता, संवैधानिक मान्यता दिएका छौ । यो संशोधन गर्नुपर्छ । र, एउटा कानुन यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार गर्यो भने त्यसलाई आजीवन काराबास बस्ने व्यवस्था गर्नुपर्दछ । उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पत्ति जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रूपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ । ल त्यसो गरौँ त एक पटक । सक्नु हुन्छ ? सकिँदैन भने यस्तो छलफल नगरौँ । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफ्नो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिइरहने काम गर्न हुन्न ।’
नेता गौतमले राज्यले आवश्यक परे २० खर्व खर्च गरेर भएपनि दलित समुदायका लागि आवासको व्यवस्था गर्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण