जेनजी प्रदर्शन : घाइतेहरूको वर्गीकरण सहजीकरण समिति गठन
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ बमोजिम वर्गीकरण सहजीकरण समिति गठन भएको छ ।
सोमबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वर्गीकरण सहजीकरण समिति गठन गरिएको हो ।
'प्रदर्शनका क्रममा घाइते भई गृह मन्त्रालय र यस कार्यालयबाट जेनजी घाइते परिचयपत्र प्राप्त गरिसकेका र उपचार पश्चात समेत पूर्ण रूपमा निको नभई हालसम्म पनि घाइते अवस्थामा रहेका व्यक्तिहरूले आफ्नो घाइते परिचयपत्र र आफूले उपचार गरेको विवरण कागजातसहित उपस्थित हुनु यो सूचना प्रकाशित गरिएको छ,'प्रशासकीय अधिकृत हरिचन्द्र ढकालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
साथै अति गम्भीर अवस्थाका अशक्त, ह्विलचियर प्रयोग गर्नुपर्ने प्रकृतिका र हिँड्डुल गर्न नसक्ने घाइतेका लागि एम्बुलेन्स सेवाबाट ल्याउने र लैजाने व्यवस्था मिलाइने जारी सूचनामा भनिएको छ ।
अस्पतालमा उपचाररत घाइतेहरूको हकमा वर्गीकरण सहजीकरण समितिबाट अस्पतालमै गई निरीक्षण गरी घाइतेको वर्गीकरण गरिने छ ।
जेनजी आन्दोलनका क्रममा घाइते व्यक्तिहरूको वर्गीकरण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको प्राविधिक समिति समक्ष पठाइनेछ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा यही ४ र ५ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उपस्थित हुन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण