शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

जनकपुर र मलङ्गवामा सर्वाधिक कर तिर्ने सहकारी तथा उद्योग सम्मानित

सोमबार, ०१ मङ्सिर २०८२, २० : ४९
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • जनकपुर करदाता सेवा कार्यालयले सगुन बचत तथा ऋण सहकारी संस्थालाई सर्वाधिक आयकर दाखिला गरेबापत सम्मान गरेको छ।
  • सगुन सहकारीले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो र यसअघि प्रदेश सरकारबाट पनि सम्मानित भइसकेको छ।
  • करदाता सेवा कार्यालय मलङ्गवाले नेपाल भेनियर (प्लाई उद्योग) लाई पनि सम्मान गरेको छ।

जनकपुरधाम । जनकपुर करदाता सेवा कार्यालयअन्तर्गत सबैभन्दा बढी आयकर बुझाउने सगुन बचत तथा ऋण सहकारी संस्था, हरिवनलाई आज सम्मान गरिएको छ । 

१४औँ राष्ट्रिय कर दिवसका अवसरमा करदाता सेवा कार्यालय जनकपुरले आर्थिक वर्ष २०८०/८१ मा कार्यक्षेत्रभित्रका करदातामध्ये सर्वाधिक आयकर दाखिला गरेको आधारमा सगुन सहकारीलाई सम्मान गरेको हो।
कार्यालयका प्रमुख एवं कर अधिकृत विकास कुमारका अनुसार सहकारीले निरन्तर जिम्मेवार करदाता बन्दै आएकाले सम्मान गरिएको हो । 

करदाता सेवा कार्यालयले प्रदान गरेको सम्मानपत्र सुशीलाकुमारी कटुवाल (सञ्चालक समिति सदस्य) र निरोजकुमार दाहाल (सूचना अधिकारी) ले ग्रहण गरेका सहकारीका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए ।

सगुन सहकारीले मधेस प्रदेशमै उत्कृष्ट कारोबार गर्ने सहकारीका रूपमा पहिचान बनाएको छ । यसअघि नै प्रदेश सरकारले पनि संस्थालाई प्रदेशको उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिसकेको छ । त्यस्तै, करदाता सेवा कार्यालय मलङ्गवाले भने आफ्नो कार्यक्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल भेनियर (प्लाई उद्योग), मलङ्गवालाई सम्मान गरेको छ । उक्त उद्योगका सञ्चालक तथा मलङ्गवा–४ निवासी नागेश्वर रायलाई कार्यालयकी प्रमुख रास्तीकुमारी यादव लगायतको टोलीले सम्मान–पत्र प्रदान गरेको हो । 

सर्लाहीमा रहेका दुई करदाता सेवा कार्यालयमध्ये जनकपुर कार्यालयले लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, बागमती र बरहथवा गरी छ वटा पालिका तथा मलङ्गवा कार्यालयले बाँकी १४ पालिकाका उद्योगी–व्यवसायी तथा करदातालाई सेवा प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?