फ्लड लाइटमा खेल हुनु 'ऐतिहासिक क्षण' : करण केसी
सारांश
- काठमान्डु गोर्खाजका कप्तान करण केसीले जनकपुर बोल्ट्सलाई हराउँदै खेल जितेकोमा खुसी व्यक्त गरे।
- टियु मैदानमा फ्लडलाइट मुनि पहिलो पटक खेल खेल्दा र नेपाली खेलाडीसँगै हुँदा खुसी लागेको केसीले बताए।
- कप्तान केसीले टिमको सुरुवातलाई उत्कृष्ट लय मान्दै, एनआरआरको समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाए।
काठमाडौँ । जनकपुर बोल्ट्सलाई हराउँदै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा साेमबार विजयी सुरुवात गरेको काठमान्डु गोर्खाजका कप्तान करण केसीले फ्लड लाइटमा खेल हुनु ’ऐतिहासिक क्षण’को भएको बताएका छन् ।
'चिसो भए पनि पहिला गर्मीमा खेलिने डे–नाइट क्रिकेटमा नेपालमा, विशेष गरी टियु मैदानमा, पहिलो पटक फ्लडलाइट मुनि खेल्न पाउँदा धेरै खुसी लाग्यो,’ केसीले भने, 'भित्रबाट पनि राम्रो महसुस भइरहेको थियो । क्राउडलाई हेरेर र सबै नेपाली खेलाडीहरू सँगै हुँदा एकदमै खुसी लागिरहेको थियो ।’
केसीले आफ्नो टोलीको यो सुरुवातलाई ’उत्कृष्ट’ लय मान्दै निरन्तरता दिने भनेका छन् । 'हामीले केही गल्तीहरू गर्यौँ होला, तर जसरी कमब्याक गर्यौँ, त्यो महत्त्वपूर्ण छ,’ उनले भने, 'नेपाली र विदेशी खेलाडीहरूको राम्रो खेलले गर्दा नै हामीले जित हासिल गर्न सक्यौँ ।’ उनले भने ।
एक वर्षपछि टियु मैदानमा खेलेको बताउँदै केसीले विकेटको अवस्था अनिश्चित हुने गरेको बताए। 'टियुको विकेट जहिले पनि ब्याटिङ वा बलिङ कुन पक्ष सहज हो भन्न गाह्रो हुन्छ, त्यसैले टस जितेर हामीले बलिङ रोज्यौँ,’ उनले भने ।
गत सिजन नेट रन रेट (एनआरआर) का कारण समस्या भएको उल्लेख गर्दै कप्तान केसीले यस पटक त्यस्तो गल्ती नदोहोर्याउने बताएका छन् । 'हामी अब एक–एक खेल जितेर अगाडि बढ्नेछौँ, ताकि एनआरआर हेर्न नपरोस्,’ उनले भने ।
टिममा अनुभवी विदेशी खेलाडीहरूले टी–ट्वान्टी क्रिकेट कसरी खेल्ने भन्ने राम्ररी बुझेकाे समेत उनले बताए । कोच मोन्टी देसाईसँगको तालमेलबारे बोल्दै केसीले उनी सकारात्मक र शान्त स्वभावका भएकोले खेल खेल्न सहज भएको बताए।
'हाम्रो एउटा कल्चर पनि मिल्छ मोन्टी सरसँग। विदेशी खेलाडीहरूलाई पनि उहाँसँग खेल खेल्न सहज भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण