हसिनालाई सुनाइएको मृत्युदण्डबारे के भन्छ उनको पार्टी अवामी लिग ?
सारांश
- बङ्गलादेशको अवामी लिगले पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजाय अस्वीकार गरेको छ।
- अवामी लिगले अदालतको निर्णयलाई दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित भन्दै नोभेम्बर १८ मा देशव्यापी बन्दको घोषणा गरेको छ।
- पार्टीले मोहम्मद युनुस र न्यायाधिकरणमाथि प्रश्न उठाउँदै शेख हसिनाविरुद्धको मुद्दालाई ढोंगको संज्ञा दिएको छ।
ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजाय उनको पार्टी अवामी लिगले अस्वीकार गरेको छ । एक विज्ञप्तिमा, पार्टीले अदालतको निर्णयलाई दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित बताएको छ ।
‘हामीलाई भरोसा छ कि बङ्गलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्राम समर्थक शक्तिहरूले यस निर्णयको विरुद्ध आन्दोलन सुरु गर्नेछन्’ विज्ञप्तिमा अवामी लिगले भनेको छ ।
यो निर्णयको विरोध गर्दै अवामी लिगले नोभेम्बर १८ मा देशव्यापी बन्दको घोषणा गरेको छ । पार्टीले नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शनको आह्वान पनि गरेको छ । आफ्नो विज्ञप्तिमा अवामी लिगले बङ्गलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुस र शेख हसिनालाई सजाय सुनाउने न्यायाधिकरणमाथि प्रश्न उठाएको छ ।
'निर्वाचित सरकारको सट्टा, अवैध, असंवैधानिक, अनिर्वाचित फासीवादी युनुस र उनका सहयोगीहरूले अवैध ढङ्गले देशको सत्ता कब्जा गरेका छन् । त्यसपछि, अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लङ्घन गर्दै तिनीहरूले एउटा अवैध न्यायाधिकरण स्थापना गरेका छन्' विज्ञप्तिमा भनिएको छ ।
न्यायाधिकरण पूर्णतया गैरकानूनी, दुर्भावनापूर्ण, दुष्ट नियतले प्रेरित भएको पनि आवामी लिगले भनेको छ । युनुसले अवैध रूपमा कब्जा गरिएको आफ्नो सत्ता जोगाउन शेख हसिना विरुद्ध यो हिंसात्मक कदम चालेको पार्टीको भनाइ छ । शेख हसिना विरुद्धको मुद्दा एक ढोंग बाहेक अरु केहि नभएको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण