शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाला चतुर्दशीको अवसरमा जंगलसहिया पशुपतिमा लाखबत्ति बाल्नेको भीड

मङ्गलबार, ०२ मङ्सिर २०८२, ११ : २७
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • रौतहटको जंगलसहियास्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा भक्तजनको भीड लागेको छ।
  • मेलाको उद्घाटन पूर्व गाविस उपाध्यक्ष पूर्ण बहादुर शाहीले गरे, र चार दिने मेला सुरु भएको छ।
  • मेलामा दिवङ्गत आत्माको शान्तिका लागि लाखबत्ती बाल्ने र सतबिज छर्ने गरिन्छ।

रौतहट । रौतहटको उत्तरीभेग गुजरा नगरपालिका ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा आज बेलुकी लाखबत्ति बाल्न आउने भक्तजनहरूको भीड सुरु भएको छ।

पशुपति मन्दिर अगाडि सोमवार बेलुकी आयोजित विशेष समारोहका प्रमुख अतिथि मेलाका संस्थापक पूर्व गाविस उपाध्यक्ष पूर्ण बहादुर शाहीले विधिवत् रुपमा मेलाको उद्घाटन गरेका हुन् । मेला समितिको पहलमा बाला चतुर्दशीको अवसर पारेर पशुपति मन्दिरमा गत शनिवार देखि  चारदिने मेला सुरु भएको हो ।  

लामो समय देखि हरेक वर्ष लाग्दै आइरहेको  मेला यस वर्ष पनि भव्यताका साथ लागि रहेकाले पशुपति मन्दिरमा लाखबत्ति बाल्न आउन भक्तजनहरुलाई आउन आयोजकले आग्रह गरेको छ ।

भक्तजन तथा मेला भर्न आउनेहरूको मनोरञ्जनको लागि   पशुपति मन्दिर परिसरमा सरसफाइ  पश्चात् स्टेज निर्माण गरि आईतवार बेलुकी देखि सांस्कृतिक कार्यक्रम सुरुभएको मेला आयोजक समितिका अध्यक्ष विजय कुमार शाहीले जानकारी दिएका छन्।

मेलामा आउनेहरूको लागि खानेपानी, शौचालय,विद्युत तथा सुरक्षाको समेत  व्यवस्थापन गरिएको मेला आयोजकले जनाएको छ ।

यसै वर्ष दिवङ्गत अथवा निधन भएका पितृ तथा आफन्तको  परिवारका मानिसहरु रौतहट, बारा, सर्लाही, पर्सा, सिन्धुली लगायत टाढा टाढाबाट जंगलसहिया पशुपति मन्दिरमा आएर लाखबत्ती बालेर सतबिज छर्ने गर्दछन् ।

जंगलसहिया स्थित उक्त पशुपति मन्दिरमा लाखबत्ती बालेर सतबिज छर्नाले दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास रहिआएको छ ।

कोरोना कालमा असुरक्षाको कारण लगातार दुईबर्ष पशुपति स्थानमा मेला लाग्न सकेको थिएन। अवस्था सहज भएसँगै गतबर्ष देखि बाला चतुर्दशीको अवसरमा भव्यरुपमा मेलाको आयोजना हुँदै आएको स्थानीयहरूले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप