'प्रहरी परिसर काठमाडौँ जलाउँछौँ' भन्नेहरू नियन्त्रणमा
सारांश
- प्रहरीले काठमाडौं जिल्ला प्रहरी परिसर जलाउने धम्की दिनेलाई नियन्त्रणमा लिएको छ।
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि समर्थकहरूले परिसर जलाउने प्रचार गरेका थिए।
- प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर पहिचान गरिरहेको छ, र प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ जलाउने भन्दै सामाजिक सञ्जाललगायतमा प्रचार गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर अगाडि पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता प्ररी उपरीक्षक पजन भट्टराईले कार्यालय र सेवाग्राहीको सुरक्षाका लागि केहीलाई नियन्त्रणमा लिएर पहिचान गर्ने काम भइरहेको जानकारी दिए ।
गएराति प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको थियो । उनलाई नछोडिए परिसरको कार्यालय जलाउने प्रचार प्रसार भएको थियो । त्यही प्रचार प्रसार बमोजिम पर्सांइका समर्थक परिसर अगाडि भेला भएका थिए । उनीहरू मध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘हाम्रो कार्यालय जलाउने अनलाइन प्रचार प्रसार गरिएको थियो । त्यसले हाम्रो कार्यालय र यहाँ आएका सेवा ग्राहीको सुरक्षाका लागि केहीलाई नियन्त्रणमा लिएर पहिचान गर्ने काम भइरहेको छ,’ प्रवक्ता भट्टराईले रातोपाटीसँग भने । पक्राउ पर्नेमा नागरिक बचाउ महाअभियानका कार्यकर्ता छन् ।
अहिले ५ जना नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सार्वजनिक शान्ति खलल पुर्याउने गरी अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ ।
प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण