राजेन्द्र महतो निर्वाचनमा सहभागी हुने
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो पाटीका प्रवक्ता रविन्द्र कुमार श्रेष्ठले बताए ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने यो हाम्रो ऐतिहासिक दायित्व हो । त्यसैले राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।’
आफूहरूको लक्ष्य केवल सत्तामा पुग्ने होइन, बरु चुनावपछि औपनिवेशिक मानसिकता, एकल राष्ट्रियता र भ्रष्ट संरचनालाई विस्थापन गरी आफ्नाे सभ्यता, बहुल सांस्कृतिक पहिचानमा आधारित सङ्घीय संरचना, सुशासन र आर्थिक समृद्धिको नयाँ मोडल स्थापना गर्ने दाबी विज्ञप्तिमा गरिएको छ ।
बैठकले पार्टीका जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय समेत गरेको छ । पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसका लागि चुनावी रणनीति कार्यदललाई जिम्मेवारी तोकेको छ ।
बैठकले विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्नका लागि विभिन्न पार्टीहरूसँग छलफल गरी चाँडै टुंगाे लगाउन निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनको लागि दल दर्ता पनि गर्ने निर्णय गर्दै सो पार्टीले अन्य पार्टी र मोर्चाहरूसँग चुनावी तालमेल पनि गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण