टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
सारांश
- टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णका २३८ परिवारको खानेपानी समस्या समाधान भएको छ।
- कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले खानेपानी आयोजना निर्माण गरेको थियो।
- आयोजना निर्माणमा २ करोड १२ लाखभन्दा बढीको लागत र श्रमदान पनि प्रयोग भएको थियो।
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
छ वटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौ वटा वितरण ट्याङ्की निर्माण गरिएको जनाइएको छ । खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताए ।
आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु दुई करोड १२ लाख एक हजार २१२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए। आयोजनामा रु ५२ लाख ६३ हजार बराबरको श्रमदान पनि गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकैपटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा काम भइरहेको बताउनुभयो । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
-
गभर्नर पौडेलको हस्ताक्षर भएको ५ सय दरका नयाँ नोट प्रचलनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण